मायाको बगैँचाबाट फूल चुने मैले
ती फूलले तिम्रै नामको माला उने मैले
निद्रा लाग्दा सपना आउँछ कतिकति
साकार पार्न तिम्रै सपना बुने मैले
आउन त आए कति मनमा बस्छु भनि
तिमीलाई नै मनको डोकोमा थुने मैले
हाँस्न त हाँस्यौ होला मेरो वेदनामा,
तर तिम्रो मन रोएको कताकता सुने मैले
नीता गुरूंग भाटिया, गुवाहाटी, असम, भारत
[email protected]