• २०८१ चैत ६ बिहीबार

मदन पुरस्कार नवराज लम्सालको ‘अग्नि’लाई दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा- श्री

२०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदानगर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनु भयो ।

अध्यक्ष दीक्षितका अनुसार २०७८ सालको जगदम्बा- श्री बनारसबाट प्रकाशित ‘उदय’ का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ। दुवै पुरस्कारको राशी जनही चार लाख रुपियाँ छ । यी पुरस्कार घटस्थापनाको दिन प्रदान गरिनेछ ।