हिन्दी कविता

पापीहरू पनि मन्दिर जान्छन्
सायद
नसकी अर्पन अन्तर्दृष्टि ढाकिदिने कलुसता
नसकी आफैँ भित्र चिहाउन,
आफैँ भित्र भरीएको पापको बोझलाई
अरूकै पापको घडा ठान्छन्
र पर्सन्छन् अरूकै शिर गुञ्जाउँदै रोदनको गीत ।
दम्भका राजा, महाराजाहरू
अट्टालिकाका मठाधिशहरू
मौन, शालीन सन्यासीहरू
र गल्लीका वेवारिसे आवाराहरू
वर्गीय भेदभावका पर्खाल मेटेर
ती
जस्केलाबाट निस्केर धाउने
पिपासुहरू पनि मुजरा सुन्छन्
वेदनाले भरिएका निश्वासहरू
मनोरम्य उच्छ्वासका साथ
र किन्छन् सबैभन्दा द्रवित हृदयको शरीर ।
दुष्टहरू पनि कविता सुन्छन्
दुष्टताकै वर्णन गरिएका
ऐना जस्तो कवितामा
देखिएको आफ्नो अनुहार
अरूकै अनुहार जस्तो गरी
लज्जा विहिन सुन्छन्
र आल्हादित हुनुको भ्रममा पर्छन् ।
पानी रङ्गका कविता
ती सबैका
आहाल बस्ने जलाशय हुन्
अन्यथा हुन सायद
कवितामा आँधी आउनु पर्छ ।
श्रवण कुमार ढुंगाना
[email protected]