• २०७९ चैत ७ मङ्गलबार

सरकार

रूबि सत्याल

रूबि सत्याल

पहिरोमा पुरियो हजुरबाको लौरो
नातीको हात साहारा भो
रातभरीको भीषण वर्षा
समयको भयभित चर्खाले
बगायो कलिलो जरोबुटो सखारै !
रूग्नबनेको धमिलो आँखाबाट
अस्ताउनै आँट्यो बुढो घाम घुरिबाट !
ईश्वरको छपन्न भोग पो रोकिनु हुन्न
मान्छेको उपवास त चलिरहन्छ नि सरकार !


रूबि सत्याल (काठमाडौं)
[email protected]