अमेरिकी कविता

हरेक शहरहरूमा नीरवता छाएको छ
दोबाटो चौबाटोहरूमा
दुईचार पुलिसका झुन्डहरू अन्य मनस्क छन्
घरहरू झ्यालखाना बनेका छन्
शरिर कैद छ
तर हरेक मनहरू धागो चुडिएका चङ्गा भएका छन्
घ्यार ! घ्यार !
ख्वाक ! ख्वाक !
हाछ्यौं ! र
हँ… हँ… ऐया मरें
भन्ने आवाज आउने
घरतिर फर्केर हेर्न पनि डराएको छ मान्छे यतिबेला
त्रासदी र आशङ्काले राज गरेको छ
म उसकोमा जान डराएको छु
ऊ मेरोमा आउन डराएको छ
स्वास्थ्यकर्मी बाहेक
परोपकार मदत र सेवा मन बाट बसाइँ सरेको छ
मात्रै आफू बाँच्न निरत छ मान्छे यतिबेला
शासक सत्ता जोगाउन तल्लीन छ
शासित ज्यान जोगाउन हतास छ
शासक बधाई थापी रहेछ
शासित श्रद्धाञ्जली सम्म दिन भ्याएको छैन
शासक नयाँ पदको सपथ ग्रहण गर्दैछ
शासितले आफन्तको लास अगाडि उभिएर
एक मिनेट मौन धारण गर्न पाएको छैन
नयाँ धरहराको फेदमा खान नपाएको मजदुर भौंतारिरहेको छ
शासक त्यही धरहराको बखान गरेर थाकेका छैन
कोरोनाको औषधि र साँझ बिहान हातमुख जोड्ने समस्याले
शासित मरिरहेको बेला
शासक सत्ता जोगाउन
करोडौं करोडमा सांसद खरिद बिक्री गरिरहेको छ
तारे रिसोर्टहरूमा
एउटा अर्धनग्न पागलझैं लाग्ने मान्छे बर्बराउँदै भनिरहेछ
ए तिमीमा अलिकति दया छ भने,
एक मुठी अक्सिजन नपाएर
सडकमा मरिरहेका आफन्तको आर्तनाद त सुन
अपितु यतिबेला शासक सत्तोन्मादमा
निरोको बाँसुरी बजाई रहेछ बजाई रहेछ एकसुरमा
अहँ ! जस्तो सुकै महामारी आएपनि
नदिलाई केही फरक नपर्दो रहेछ
समुद्र गर्जन छोड्दो रहेनछ
प्रकृति आफ्नै लयमा
आफ्नै अनुक्रममा
चलिरहेछ चलिरहेछ चलिरहेछ
बस…
“विनयी” एच.एन. (कविकुञ्ज लिलामय, ई. न. पा. ९ इलाम)
[email protected]