समाचार

सीमा भित्रको भूमि
माटो ढुङ्गा हावापानी
मात्र राष्ट्रियता होइन रहेछ
राष्ट्रियता त
राष्ट्र हुनुमा गर्व गर्ने
घाइते हुँदा
आँसु बगाउँदै
मन मुटु दुख्ने जनता रहेछ
आस्था रहेछ
भावना र आदर्श रहेछ
नाम मात्र पनि होइन रहेछ
सार्वभौमिकता र स्वाभिमान रहेछ
राष्ट्रियता
जीवन शैलीको एक अङ्ग रहेछ
बलियो राष्ट्रियताको
आवश्यकतालाई
स्वतन्त्रता र एकताले
मजबुतपारेर
गतिशीलता बनाउदै
आत्मामा सजाउनु छ राष्ट्रियता
राष्ट्रियतालाई मरूभूमि होइन
उर्वर बनाउनु छ।
बमबहादुर डी.सी. (दाङ)
[email protected]