• २०८१ पौष २९ सोमबार

सङ्क्रमण

अङ्कुर चन्द

अङ्कुर चन्द

महामारीको सङ्क्रमण तीव्र गतिमा बढी रहेकोले सरकारले निषेधाज्ञा लगायो । मृत्युसँग बच्न बाध्य भएर गम्भीर घरमै बस्न थाल्यो ।
यसै बीच अर्को सङ्क्रमण पनि तीव्र रूपमा फैलँदै थियो । यसमा सरकारले निषेधाज्ञा लगाएन बरू आज्ञा पालन गर्न ह्विप जारी गर्यो ।
निषेधाज्ञाको पालन गर्दागर्दै पनि गम्भीर एकदिन सङ्क्रमणको शिकार भयो । अस्पतालका शैय्यामा उसको लागि सरकारले भने जस्तो सुबिधा केही पाएन । चिकित्सकको हरसम्भव प्रयासको बावजूद पनि सङ्क्रमित गम्भीरलाइ भ्रष्टचारको सङ्क्रमणले कप्ल्वाप्कै खाएको शैय्यामा छटपटिदै मृत्यु स्वीकार्न बाध्य बनायो ।


(अङ्कुर चन्द यूवा साहित्यकार हुन् ।)
[email protected]