• २०८१ माघ २ बुधबार

अनेोठो भावना

साजन रेग्मी

साजन रेग्मी

थाहा छैन कहिले
तिम्रो शब्दको अर्थ
खोज्दा खोज्दै
तिमी मै हराउन पुगेछ मन

सानो मान्छे, तिखो बोली
तिमीमा आफैँ लाइ कल्पना गर्छु
तर पनि तिम्रा शब्दहरूको गहिराइमा
कहिले तैरिन सक्दिन म

सायद,
तिम्रो शब्दको जालमा अल्झियो यो मन
निश्चल भावनामा गाँसिएछ मन
देख्दिन तिमीलाइ भेटदिन् तिमीलाइ तर
तिमीसँग अनेोठो नाता गाँस्दै छ यो मन

शब्द मै खेल्ने शब्द मै रम्ने
आजशब्द मै हराउँदै छ यो मन !


(साजन रेग्मी साहित्यप्रेमी हुन् ।)
[email protected]