• २०८१ माघ २ बुधबार

आमा

राजेन्द्र शलभ

राजेन्द्र शलभ

आमा सखारै
सूर्यसंगै ब्युँझनु हुन्छ
र सूर्यसंगै
उज्यालो बाँड्दै हिँड्नुहुन्छ

पूर्वदेखि पश्चिमसम्म
बिहानदेखि बेलुकासम्म
बाँड्दाबाँड्दै जब
न्याना किरणहरू सकिन्छन्

आमा पनि
सूर्यसंगै निदाउनुहुन्छ
भोली बिहान सखारै उठ्न
र उज्यालो बाँढ्न ।


(शलभ स्थापित कवि तथा रङ्गकर्मी हुनुहुन्छ् ।)
[email protected]