• २०८१ माघ १० बिहीबार

आमा

विष्णु विभू घिमिरे

विष्णु विभू घिमिरे

आमा हुनुहुन्थ्यो र म भएँ
तिमी भयौ
सृष्टि भयो, संसार भयो
माछाको पोखरी हुन् आमा
आमाको तुलना आमासँग मात्र हुन्छ
सन्तानका लागि सबथोक हुन् आमा

यतिखेर आमालाई सम्झिदा
सम्झिरहेछु कसैले भनेको
ईश्वर सबै ठाउँ पुग्न सकेनन् र
उनले आमा बनाइदिएका हुन्
त्यसैले आमालाई म
आकासभन्दा माथि राख्छु
त्यसैले आमालाई म
धरतीभन्दा फराकिलो पाउँछु
साच्ची भन्छु
मेरी आमा सबैभन्दा माथि हुनुहुन्छ
मेरी आमा ईश्वरभन्दा पनि माथि हुनुहुन्छ


(घिमिरे स्थापित कवि तथा साहित्यकार हुनुहुन्छ् ।)