लेख्नै पर्ने हो ती खुकुरी चलाउनेहरूका कथा
जसले बाँस र दाउरा मात्रै काटेनन्
सुगौली अघि नेपालका बैरी गिँडे
मात्र नेपालको होइन ब्रिटिसका शत्रु पनि गिँडे
भारतका शत्रु पनि गिँडे ।
आफ्नो माटोको प्रेममा लड्नु जायज थियोे
तर कस्ले लगायो ती बीरहरूलाई अर्काको खेताला
शासकहरू जो कोही हुन्
अधम हुन्छन्
ऐलेको नेतृत्व जस्तै ।
त्यो रारा र फोकोसुण्डो
त्यो कर्णालीको तिर र त्यहाँ फुल्ने फूलहरू
नेपाल एकिकरण ताका जस्तो थियोे
ऐले पनि उस्तै छ
सगरमाथा पनि उस्तै छ
एउटा सडक र केही बिसौनी चौतारा बनेका छन्
आधार सिविरतिर त्यो पनि रैथानेका हातले कुँदेको
न त्यहाँ गाञ्धी चश्मा भित्रबाट हेर्ने
न त्यहाँ लालुको धोती पहिरने
न नेहरू बान्कीको कोट भिर्ने शासक पुगेको छ
तथा कथित लेलिनलाई र माओलाई पुज्नेहरूले
केही गरेको छ
सगरमाथा उभिएको छ
केही मानिसहरूले विदेशिनु परेको छैन
अरू के भएको छ ?
मदन भोट नुन लिन जान छाडेको छैन
ल्हासामा सुन छ कि भनेर धेरै मदनहरू जान छाडेको होइन
एता मुनाका दसधारा आँशुहरू पुछिदिने कोही छैन
अझ हाम्रा भीमबहादुर देवानहरू उता कार्गिल तिर मारिरहेछन्
अलिकति भारू रूपैयाँ र एउटा भारू ताविज तक्मा
लगाएर हामी खुशी हुन्छौं
र पनि हामी भोट हाल्न एकदिन माया मारेर
घाम चर्को नमानी दिनभर लाम लाग्छौँ
केका लागि होला
प्रश्न अनुत्तरित छ
हो यो प्रश्न अनुत्तरित छ ।
(उदयराज निरौला चर्चित कवि हुन् ।)
[email protected]