कविता

मान्छे यस युगको
हरेक पलपलमा
प्रगतिको नाउँमा
अधोगति उन्मुख छ
खुट्टाले टेकेँ भन्छ
तर टाउकोले टेकेर पराक्रम गरेँ भन्छ
आफ्नो अस्मिता र विवेक
बन्धक राखेर मान्छे
भरिरहेछ दिनैपिच्छे
थाहै नपाई दिनलाई रात
र रातलाई दिन भन्नेको पछि लागेर
प्रकृतिलाई जित्न खोज्छ मान्छे
तर सधैँ हारिरहेछ यहाँ, हारिरहेछ
अनि ज्यूँदो छु भन्ने अभिनयमा
प्रत्येक प्रकोप पीडित मान्छे
ज्यूँदै मरेको ढलपल शरीर बोकेर ।
व्यहोर्र्र्र्दैछ प्रकोप मान्छे
शारीरिक मानवीय वा दैवी यस्तै यस्तै
दिनैपिच्छे मर्दै, बाँच्दै छ ऊ
विवेक बन्धक राखेर
श्यालको हुइयाँको पछि लागेर
राजनीतिको नाममा, धर्मको नाममा
पैसाको पछिपछि ऊ
आफ्नै अस्मिता गुमाएर रूँदैछ मान्छे समाजमा ।
(वत्स चर्चित साहित्यकार हुन् ।)
[email protected]