• २०७९ चैत १५ बुधबार

आमा

छवी ओली

छवी ओली

नौ महिना मुटु संगै कोखमा लुकाएर
जन्म दिन्छिन् सन्तानलाई मृत्यु हुंकारेर !!

आमाको त्यो काखै यस्तो जसको वर्णन छैन
जतिमाया बाँडेपनि भण्डार रित्तिँदैन !!

नजिक टाढा क्यै देख्दैन ममताका आँखा
नबोलेनी बुझ्छिन् आमा सन्तानका भाका !!

रोगी बृद्ध भेद छैन काख उनको समान
हाम्री आमा सृष्तिकर्ता दैव भन्दा महान !!

आमाको त हातै मिठो जे जे पकाएनी
वात्सल्यको काखै प्यारो बस्नै नपाएनी !!

आमाको त गाली प्यारो सुनुसुनु लाग्छ
स्नेहिला हातले छुँदा सबै रोग भाग्छ !!


(काठमाडौँ  निवासी ओली युवा साहित्यकार हुन् ।)
[email protected]