• २०८१ असोज २४ बिहीबार

अभिलाषा

क्रान्ति पराजुली

क्रान्ति पराजुली

भर्खरै
ऊ निदाएको छ काखमा
हेरिरहन्छु म
निर्निमेष उसैलाई
देख्छु आफ्नै प्रतिबिम्ब
सुकोमल त्यो मुहारमा
प्राप्त हुन्छ निर्वाण
निवारण हुन्छन् अनि निर्वेदहरू
जिन्दगीका

अचानक !
त्यही वेला
गल्र्याम्म खस्छ त्रासदीको पहिरो,
सुस्तरी भन्छु-
छोरो !
तिमी बरू
निर्धन बन
निर्बल बन,
निर्दल बन,
तर निर्मम नबन्नू,
निर्दयी र
निर्बुद्धि नबन्नू,

तिमी
सम्झना,
निर्मला,
भागरथीहरूको
बलात्कारी र अपराधी नबन्नू ।।


(पराजुली चर्चित साहित्यकार हुन् ।)
[email protected]