१.
यो संसारमा आफ्नै मृत्यु काउन्ट गरिरहेकाहरू
यो बजारमा आफ्नै मृत्यु काउन्ट गरिरहेकाहरू
कस्तो दुखदायी मरण हुनेछ सम्झिरहेका छन्
यो आधारमा आफ्नै मृत्यु काउन्ट गरिरहेकाहरू
२.
के सिक्यौ विगतबाट, के सिक्यौ आगतबाट ?
के बुझ्यौ चीरहरण, के बुझ्यौ महाभारतबाट ?
बुझिराख अभिमान र अपमान ठूलो गल्ती हो
द्रोण के बने मित्र राजा द्रुपदको बेइज्जतबाट ?
३.
कसैलाई आँखाको गाजल भएँ तिम्रै कारणले
गन्तव्यविहीन जस्तै बादल भएँ तिम्रै कारणले
जीवन कसम पिरतीको इतिहासले कोल्टे फेर्दा
आगत वर्तमानमा यसै पागल भएँ तिम्रै कारणले
(हलेसी तुवाचुङ नगरपालिका, खोटाङनिवासी चरित्र नवोदित साहित्यकार हुन् ।)
[email protected]