प्रेमका कथाहरू - Aksharang
  • २०७८ कातिर्क १० बुधबार

प्रेमका कथाहरू

कोपिला घिमिरे पोखरेल

कोपिला घिमिरे पोखरेल

धुवाँकहाँ देखिन्छ र गगनमा गएपछि
जिवनपनि उस्तै त हो कफनमा गएपछि

पक्कै पनि हरेक नाता दुरदुर हुन थाल्छन
मुटु छेड्ने छुराहरू बचनमा गएपछि

भैगो खाली नराख्नुहोस दिलमा ठाउँ मेरा लागि
कहाँ उठ्न सक्छ र लास दहनमा गएपछि

मिथ्या लाग्नथाले अचेल माया प्रेमका कथाहरू
नजरहरू मनमा भन्दा तनबदनमा गएपछि

म पनि त “म“झैं रहिन न त रह्यो देह आफ्नो
कसम हजुर सास बनेर धड्कनमा गएपछि ।।


खोटाङ, हाल चाबहिल काठमाडौ
kopilaghimire72@gmailcom