समाचार

यो हावा एउटै हो यो बतास एउटै हो
टेकेको धर्ती ओढेको आकाश एउटै हो।।
हावा भन्दा अमूल्य रहेनछ केही पनि
बतास अझै उस्तै लाग्छ उस्तै गुण छ र नि
यो माटो एउटै हो यो ढुङ्गा एउटै हो
किनारसम्म पुर्याउने डुङ्गा एउटै हो ।।
यो प्रकृति कसलाई उजाड लाग्छ र
उहीँ धर्ती, उहीँ आकाश कहाँ भाग्छ र
यो दिन एउटै हो यो रात एउटै हो
जीवन र मान्छेको जात एउटै हो ।।
(साझा बस्ती, खोटाङनिवासी चरित्र नवोदित साहित्यकार हुन् ।)
[email protected]