• २०८१ श्रावाण १२ शनिवार

स्वास्थ्य नै ठूलो धन हो

डम्बर बिकेल

डम्बर बिकेल

कसैलाई ठूलो तन हो कसैलाई ठूलो मन हो
तन मन स्वस्थ राखौँ, स्वास्थ्य नै ठूलो धन हो

लिनुपर्छ स्वच्छ हावा पिउनुपर्छ सफा पानी
स्वच्छ हावा जीवन हो सफा पानी जिन्दगानी
कसैलाई ठूलो मुटु हो कसैलाई ठूलो रगत हो
मुटु- रगत स्वस्थ राखौँ, स्वास्थ्य नै ठूलो धन हो

गर्नुपर्छ सधैँ योग गर्नुपर्छ अझै ध्यान
योग गरे प्राण मिल्छ ध्यान गरे जीवन
कसैलाई ठूलो आँखा हो कसैलाई ठूलो मगज हो
आँखा मगज स्वस्थ राखौँ, स्वास्थ्य नै ठूलो धन हो


(विकेल चर्चित गीतसर्जक हुन् ।)
[email protected]