छिट्टै अहङ्कारी परिस्थितिको अन्त्य होस्
त्रसित र भयभीत, स्थितिको अन्त्य होस्
उपलब्धि समस्त मानव कल्याणका लागि
छिट्टै खेमाबन्दी राजनीतिको अन्त्य होस् ।
स्वाभिमान भुलेर बाटो मोडेर हिँड्ने धेरैछन्
फसल उखेली झारलाई गोडेर हिँड्ने धेरैछन्
अर्थोपार्जनको नाममा थोरै औकात ओकल्दै
हो अचेल रतन्धो चँदुवा ओढेर हिँड्ने धेरैछन् ।
अशिष्ट र दुर्वचनहरू सहन सक्नुपर्छ
नीलो समुद्रझै अटल रहन सक्नुपर्छ
शत्रु होस् वा मित्रु शिर झुकाएर सधैँ
अथाह प्रेमगर्दै हावाझैँ वहन सक्नुपर्छ ।
अहिले कलियुग हो यहाँ दिउँसै रात हुन्छ होस् गर्नु
कैले त आफ्नै मान्छेहरूबाट आघात हुन्छ होस् गर्नु
बज्रपात आएमा हिम्मत र उत्साहलाई जीवितै राख्दै
जहाँ पनि स्वार्थी मान्छेहरूको जमात हुन्छ होस् गर्नु ।
(हाल बेल्जियम, ब्रसेल्सनिवासी गिरी चर्चित कवि हुन्)
[email protected]