समाचार

परी कस्तो हुन्छ ?
जव बच्चाहरु प्रस्न गर्छन्ः
म तिमीलाई सम्झन्छु
संसारकै उत्कृष्ट बस्तु मैले आँखामा राखेको छु
नियालेर हेर
मेरो आँखामा तिमी आफैलाई पाउनेछौ
किनकि मेरो उत्कृष्ट बस्तु भनेकै तिमी हौ,
कहाँ जादैछौ ?
मीठो मान्छेले प्रस्न गरेपछि नभनु कसरी !
जहाँ गएपनि, जता पुगेपनि
मेरो गन्तब्य तिमी हौ
मलाई तिमीसम्म पुग्ने यही बाटो मनपर्छ
अचेल मलाई तिमी सामु पुग्ने
यही बाटोको कथा मन पर्छ ।
मभित्र एक चिज कमी छ
त्यो तिमी हौ !
त्यसैले तिमीलाई मभित्र अटाउँ भनेर
आफ्नो नाम कहिले चटपट त कहिले चकलेट राखेँ
तिमीलाई चटपट र चकलेट
मनपर्छ भन्ने सुनेकै भरमा
म परिवर्तन भैदिएँ !
आँखामा बस्नेहरु दिलमा सजाएपछि
मनमा पहिरो जानूको विकल्प रहेनछ
मन भत्किए पछि एउटा गीत बन्यो
मलाई यही गीत मनपर्छ
अचेल मलाई यही गीत जन्माउने कथा मन पर्छ ।
आँखामा बसेकाहरु
ओझेल परेपछि हराउँछन्
मनमा बसेकाहरु
ओझेल परेपछि मात्र उदाउँछन्
तिमी त मेरो दिलको मान्छे
तिमीसँग छुटेपछि नै
मेरो प्रेमको उदय भएको हो
अव त सपनामा मात्र हाम्रो भेट हुने निश्चित भएको छ
झुटो नै किन नहोस्
तिमीलाई देख्ने सपना मनपर्छ
अचेल मलाई तिमी आउने सपनाको बाटो मन पर्छ ।
भूकम्प जस्तै तिमी
पसेर मभित्र मलाई नै भत्कायौ
तिमीले मलाई भत्काउन गरेका एकएक प्रयासहरु
इँट सम्झेर जगमा राखि
प्रेमको घर बनाएको छु
मैले बनाएको प्रेमको घर
माग्छौ भने दिन तयार छु
तर विन्ति छ नमाग
किनकि मेरो प्रेमको घर भनेकै तिमीहौ
मलाई प्रेमको यो घर मन पर्छ
मलाई प्रेमको घर बन्दाको यही कथा मन पर्छ ।
सबै राम्राले मन छुँदैनन्
मन छुने सबै राम्रा हुँदैनन्
मनले माया र हृदयले प्रेम गरेको तिमीलाई
कागतको फूल लेखेर
तिम्रो मन छुन नसक्नु
आफ्नै कमजोरी ठानेको छु
ओ प्रियसी !
खोलीको दुई बगर जस्तै हामी
सँगै हिँडेर पनि कहिल्यै भेट नहुने
गन्तब्य एउटै तर बाटो फरक
सिक्काका दुई पाटा जस्तै हामी
सँगै भएर पनि कहिल्यै नभेट्ने
यही बगर अनि
सिक्काका दुई पाटाको कथा मन पर्छ ।
धारो भेटेपछि
जसरी गाग्री भरिन्छ
तिमीसँग भेट भएपछि
त्यसरी नै म भरिन शुरु गरेको हुँ
अकस्मात धारो सुकेपछि
गाग्री अधुरै रह्यो
मबाट तिमी छुटेको दिनदेखि
म पनि अधुरै रहेँ
र त्यही दिनदेखि
जहाँ तिमीले छोडेर गएकी थियौ
त्यहीँ उभिएर
मेरो जिन्दगीमा
तिमीले कुच्चिएका पैतालाका डोबहरु
नियाल्दै
अन्तिमपटक सोध्न मन छ तिमीलाई
फूलमान्छे !
ममा त्यस्तो के थिएन
जो पराईसँग भेट्यौ ।
(घायलश्री चर्चित कवि हुन्।)
[email protected]