• २०८३ जेष्ठ १७, आईतवार

ईश्वरको याद

असीम सागर

असीम सागर

आमालाई
हरियो अङ्गुर खान दिनूस्
आमाको दूध सेतो हुन्छ

आमालाई
कालो अङ्गुर खान दिनूस्
आमाको दूध सेतै हुन्छ

आमालाई
रातो अनार खान दिनूस्
आमाको दूध सेतो हुन्छ

आमालाई
पहेँलो आँप खान दिनूस्
आमाको दूध सेतै हुन्छ

सायद त्यसैले
आमाको दूध चुस्न नछोडिञ्जेल
अक्सर बालकहरूको चञ्चलता पनि
उनै आमाको दूधजस्तै सेतो र निश्छल हुन्छ

ती निश्छल बालकहरूजस्तै
कतै सेतो र सफा रङ देख्यो कि
मलाई ईश्वरको याद आउँछ ।


(सागर चर्चित साहित्यकार हुृन् ।)
[email protected]