• २०८३ आश्विन १३, मंगलवार

के बनाउँछौ

अङ्कुर चन्द

अङ्कुर चन्द

आफू जिती सारा हार्दा, उत्सव के बनाउँछौ ।
रूवाएर बुवा आमा, मतलब के बनाउँछौ ।।

उधारेर गाउँ बस्ती, भत्काएर छानाहरू,
यो भन्दा पनी अझै, गजब के बनाउँछौ ।।

लखेटेर हातहरू, माटो भर्न खाडीतिर,
लौरो टेकी टेकी यता, अरब के बनाउँछौ ।।

रगत पसिना बगाउने, माहौल दिनूस् महाशय,
चिस्याएर मनहरूलाई, बरफ के बनाउँछौ ।।

धमिराले झै यो देश, खोक्रो बनाई सक्यौ बरै,
विश्वास के गरू मुलुक, अब के बनाउँछौ ।।


(चन्द नवोदित साहित्यकार हुन्)
[email protected]