English Poem
छोरा
तिमीलाई पनि तिम्रो भाग दिऊँला
छोरी
तिमीलाई पनि तिम्रो भाग दिऊँला
मसँग अझै छन्
तिमीहरूलाई दिन मिल्ने कुरा
एउटाले दुवै आँखा लैजाऊला
एउटाले दुवै मृगौला लैजाऊला
तर यी सबै लानुपहिले
एकचोटि आऊ
अनुहार देखाऊ
रगत बगाएर जन्माएकी हुँ तिमीहरूलाई
आगनमा टेकेर आमा भन !
सक्छौ भने
म माटोमा विलीन हुनुपहिले
एकपटक तिमीहरू सन्तान बन !
छोरा
तिमीलाई पनि तिम्रो भाग दिऊँला
छोरी
तिमीलाई पनि तिम्रो भाग दिऊँला
आऊ सँग अझै छन्
तिमीहरूले बेच्न मिल्ने कुरा !
(सजी चर्चित साहित्कार हुन्)
[email protected]