समाचार

छोरा
तिमीलाई पनि तिम्रो भाग दिऊँला
छोरी
तिमीलाई पनि तिम्रो भाग दिऊँला
मसँग अझै छन्
तिमीहरूलाई दिन मिल्ने कुरा
एउटाले दुवै आँखा लैजाऊला
एउटाले दुवै मृगौला लैजाऊला
तर यी सबै लानुपहिले
एकचोटि आऊ
अनुहार देखाऊ
रगत बगाएर जन्माएकी हुँ तिमीहरूलाई
आगनमा टेकेर आमा भन !
सक्छौ भने
म माटोमा विलीन हुनुपहिले
एकपटक तिमीहरू सन्तान बन !
छोरा
तिमीलाई पनि तिम्रो भाग दिऊँला
छोरी
तिमीलाई पनि तिम्रो भाग दिऊँला
आऊ सँग अझै छन्
तिमीहरूले बेच्न मिल्ने कुरा !
(सजी चर्चित साहित्कार हुन्)
[email protected]