कविता–हिन्दी

भर्खरै उज्यालो खसाएर गयो जूनकीरी
र, उसको मृत्युलाई
विज्ञापन बनायो व्यापारीले ।
म मलामीहरूलाई देखेर अचम्मित छु
मर्नु पनि शोकको व्यापार न रहेछ
लास बनाएर मारिरहने स्वार्थका व्यापारीहरू
मलाई हरेकपटक समवेदनामा बेचिरहेछन्
र, मुस्कुराइरहेछन् तिखा काँडाहरू
यही समय म जूनकीरी भएर खसेको छु
र, अँध्यारो मलाई कर्मी चरीको गीत सुनाइरहेछ ।
म घाउको बोट दुख्दिन भन्दाभन्दै दुखेछु
म नानीहरूको ओठ मुस्कुराउनै भुलेछु ।
यही समय ऊ मलाई जूनकीरी बनाएर
आफू महान् बन्न खोजिरहेछ ।
म घाम, जून र ताराहरूलाई सोधिरहेछु
किन तिमी अक्षरहरू बाँड्ने जूनकीरीसँग तर्सिरहेका छौ ?
(कान्छा चर्चित कवि हुन्)
[email protected]