• २०८१ भाद्र २५ मङ्गलबार

नेमुनिले फ्याँकेको समोसा

केदार शर्मा

केदार शर्मा

परापूर्वकालमा
नेपालभन्दा दक्षिणमा
क्षीर सागर मात्र थियो
त्यो महासमुद्रमा
कुनै देश त के
जमिन पनि थिएन
भनेपछि,
त्यहाँ कोही जन्मेकै थिएन

०००
एकदिन टेकु दोभानमा
हाम्रा नेमुनि
समोसा खाँदै थिए
लहडैलहडमा
उनले एउटा समोसा
समुद्रमा फ्याँकिदिए
कालान्तरमा
त्यही समोसा सुकेर एउटा देश बन्यो!

०००
कोरोनाले लगेन भने
यस्ता
लाजै लाग्ने गफ पनि सुन्नपर्छ कि क्या हो?
प्रभु,
म कोरोनासित डराऊँ
कि राष्ट्रवादसित?
………………………..
(शर्मा स्थापित कवि हुन्)

[email protected]