दिन उस्तै रात उस्तै, कहाँ भयो परिवर्तन खै ?
नशा उस्तै मात उस्तै, कहाँ भयो परिवर्तन खै ?
सुल्टो दिंदा उल्टो लिने, संस्कार खै फेरिंदैन
धोका उस्तै घात उस्तै, कहाँ भयो परिवर्तन खै ?
आत्म माथि पाप गर्छ, मोक्ष खोज्न तीर्थ जान्छ
यो मान्छेको जात उस्तै, कहाँ भयो परिवर्तन खै ?
हुन्न भन्ने छिन ’नि छैन, पूरा भएको दिन नि छैन
बाचा उस्तै बात उस्तै, कहाँ भयो परिवर्तन खै ?
अघि मीठा कुरा गर्दै, काउलो पार्दै फर्केपछि
धारे लाउने हात उस्तै, कहाँ भयो परिवर्तन खै ?
…………………………………………………………………………………………..
गुल्मी, हाल जापान
(गिरी गजल, मुक्तक, हाइकु, लघुकथा आदि विधामा कलम चलाउँदै आएका स्रष्टा हुन्)
[email protected]