• २०८१ माघ १० बिहीबार

चारू 

केशव ढुङ्गाना

केशव ढुङ्गाना

चिटिक्क परेर झरेकी छौ आज ।
बडो मस्त यौवन छरेकी छौ आज ।।
घडा दुई बोकेकी तिमी अप्सरा हौ ।
सुधा बोकी यतै सरेकी छौ आज ।।
कसोरी बनाए कलीले तिमीलाई ?
बोकी प्यास गङ्गा तरेकी छौ आज ।।
मदालस छ दृष्टि परेली उठेका ।
मेनका झैँ बान्की परेकी छौ आज ।।
कटी क्षीण तिम्रो कुचोत्तुङ्ग देख्दा ।
यो केशवको  मन हरेकी छौ आज ।।
                ०
…………………………………………………………………………………………………………..
(गजलकार ढुङ्गाना साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् । २०६२–०६३ को लोकतान्त्रिक सडककविता–आन्दोलनमा सक्रिय उनले ‘नेपाली साहित्यमा सडककविता–क्रान्ति’ विषयमा शोध पनि गरेका छन् ।)