कुर्सी - Aksharang
  • २०७७ मंसिर १७ बुधबार

कुर्सी

अङ्कुर चन्द

अङ्कुर चन्द

ऊ कुर्सी नजिक गयो र थचक्क बस्यो । अब ऊ ठूलो भयो, अरू सबै साना । जसले त्यो कुर्सीमा पुर्याएका हुन् उनैलाई बिर्सियो । उसको सङ्गत बद्लियो । आफ्ना सहयात्रीहरू, सहयोगी हातहरू कसैको कुरा सुन्नु उसलाई उचित लागेन । बरु भ्रष्टाचार, मोजमस्तीमा अभ्यस्त भयो । आफ्नो भुँडी भर्यो टन्नै । आफ्नो शरीरको तौल बढायो टन्नै । उसलाई आफूबाहेक अरू कोही पनि प्यारो लाग्न छोड्यो ।
यसरी नै चार वर्ष बितेपछि बडेमानको शरीर बोकेर गाउँतिर फर्किने सोच बनायो फेरि त्यही कुर्सीको आश गरेर । त्यति वेलासम्म ढिलो भइसकेको थियो । कुर्सीको खुट्टाहरू बडेमानको बकम्फुसे शरीरको भार बोक्दै थाकिसकेका थिए । त्यस शरीरको भार थाम्न नसकेर कुर्सी भाँचियो र ऊ बल्याग लड्यो । फेरि ऊ कहिल्यै उठेर त्यस कुर्सीमा बस्न सकेन ।


(कञ्चनपुरनिवासी चन्द नवोदित स्रष्टा हुन्)
anilchand2043@gmail.com