असामीप्य - Aksharang
  • २०७७ असोज ३ शनिवार

असामीप्य

सुषमा आचार्य

सुषमा आचार्य

तिमी त गयौ यस्तरी
फेरि कहिल्यै नफर्कने गरी
तर याद तिम्रो सधैँभरि
धडकिरहन्छ मुटुभरि ।
मध्यरातमा उठेर
दिल तिमीलाई नै पुकार्दछ
तिम्रो स्मरणमा साउने झरीजस्तै
नेत्रपानी बर्सन्छ
म दुलहीझैँ सिँगारिए पनि
मिलन स्वप्नमा मात्र सीमित भयो
हाम्रो प्रेम निश्चल भए पनि
ओइलाएर झरेको फूलजस्तै भयो ।

तिमीझैँ म पनि
सधैँको लागि एकदिन निदाउने छु
टाढाको क्षितिजमा प्रेमवर्षा गरी
तिमीलाई भिजाउने छु ।
तिम्रो सान्निध्यमा
सारा आकङ्क्षाहरु पूरा गर्नेछु
अगाध माया गरेर तिमीलाई
म रिझाउने छु ।


(नवोदित कवि आचार्य हाल अर्थशास्त्रमा विद्यावारिधि गर्दैछिन्)
sushma.acharya2@gmail.com