• २०८३ मंसिर ९, मंगलवार

‘रामले बाटो देखाइदेऊ’ नयाँ भजन सार्वजनिक

काठमाडौं ।

नयाँ भजन ‘रामले बाटो देखाइदेऊ’ सार्वजनिक भएको छ । नारायण कँडेलको प्रस्तुतिमा तयार भएको उक्त भजन नारायण कँडेल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

नारायण कँडेलको शब्द तथा कृष्णा आचार्य ‘रोशनी’को संगीत रहेको भजनमा सूर्य खड्का, देवी घर्ती र कोष खड्काको स्वर रहेको छ । कृष्ण केसीले संगीत संयोजन गरेको भजनको रेकर्डिङ गोविन्द अनेकले गर्नुभएको हो भने मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गर्नुभएको छ । कृष्णा आचार्य ‘रोशनी’को निर्देशन तथा कोरियोग्राफीमा तयार भिडियोको छायांकन दुर्गा पौडेलले गर्नुभएको हो । भिडियोमा देवी घर्ती, कोष खड्का, सज्जन हमाल ठकुरी र कृष्णा आचार्य ‘रोशनी’को अभिनय तथा प्रस्तुति रहेको छ ।

नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेनमेन्टले गरेको हो । बत्तीसपुतलीस्थित राम मन्दिरमा छायांकन गरिएको भजनले प्रेम, सद्भाव, विनम्रता र सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने सन्देश दिएको छ ।