समाचार
काठमाडौँ ।
नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ले प्राप्त गरेको २०८२ को ‘कविडाँडा आख्यान पुरस्कार’ वितरण भएको छ । कविडाँडा साहित्य समाजले दिएको उक्त पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ । आख्यान अर्थात् कथा र उपन्यास कृतिका लागि दिइने यो राशिको पुरस्कार नेपालमै सर्वाधिक रहेको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको दाबी छ । कविडाँडा साहित्य समाजले वर्षभरि प्रकाशन भएका आख्यान कृतिमध्ये उत्कृष्ट छनोट गरेर एउटालाई पुरस्कृत गर्दै आएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
चितवनको भरतपुरमा २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले २०७५ सालदेखि हरेक वर्ष आख्यान पुरस्कार दिँदै आएको छ । गत वर्ष प्रकाशित उत्कृष्ट आख्यानमध्ये ‘राजमाता’लाई पुरस्कृत गर्ने घोषणा असोज ७ गते गरिएको थियो ।
