• २०८३ कार्तिक २७, बिहीबार

‘दण्डपाणि-नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार–२०८३’ प्रा. डा. वीणा पौड्याललाई प्रदान

गोरखाका प्रख्यात प्रतिभा दण्डपाणि अज्र्याल तथा उहाँकी धर्मपत्नी नन्दकुमारी अज्र्यालको नाममा स्थापित ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार–२०८३’ यस वर्ष प्रा. डा. वीणा पौड्याललाई प्रदान गरिएको छ । मौलिक संस्कृति, धार्मिक परम्परा, ऐतिहासिक सम्पदा तथा कलाको अध्ययन–अनुसन्धानका क्षेत्रमा अनेकौँ अनुसन्धानमूलक पुस्तक तथा ग्रन्थमार्फत उहाँले पु¥याउनुभएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

दण्डपाणि अज्र्याल स्मृति केन्द्रका अध्यक्ष वरिष्ठ इन्जिनियर ईश्वरचन्द्र बानियाँको सभापतित्व तथा प्रा. डा. जयराज आचार्यको प्रमुख आतिथ्यमा आयोजित प्रतिभा सम्मान समारोहमा प्रा. डा. पौड्याललाई नगद रु. ५०,००० (पचास हजार रुपैयाँ) सहित सम्मानपत्र प्रदान गरिएको थियो । देशको संस्कृति, कला, दर्शन, इतिहास, भाषा, साहित्यलगायत राष्ट्रिय महत्त्वका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाहरूलाई केन्द्रले सम्मान गर्दै आएकोमा प्रमुख अतिथि प्रा.डा. जयराज आचार्यले प्रसन्नता व्यक्त गर्नुभयो ।

पुरस्कार ग्रहणपछि आफ्नो मन्तव्य राख्दै पुरस्कृत प्रतिभा प्रा.डा. वीणा पौड्यालले आफ्ना पितापुर्खाको योगदानलाई चिरस्मरणीय बनाउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले स्थापित स्मृति केन्द्र तथा कोषका संस्थापकहरू प्रशंसाका पात्र भएको बताउनुभयो । उहाँले यस सम्मानका लागि केन्द्रप्रति आभारसमेत व्यक्त गर्नुभयो । संस्थाका महासचिव कपिलचन्द्र खनालद्वारा सञ्चालित कार्यक्रममा वरिष्ठ साहित्यकार शुकदेव उपाध्यायले उपस्थित महानुभावहरूलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने कवि मदन थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो। त्यसैगरी, पुरस्कृत प्रतिभाको व्यक्तित्व तथा कृतित्वमाथि प्रा.डा. जगत पराजुलीले प्रकाश पार्नुभएको थियो भने पुरातत्त्वविद् प्रकाश दर्नालले सम्मानपत्र वाचन गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा बागमती प्रदेशका पूर्वमन्त्री डा. दिनेशचन्द्र देवकोटा, प्रा.डा. प्रेमकुमार खत्री, प्रा. डा. बद्रीनारायण गौतम, कोषका संस्थापक कवि हरिहर अज्र्याल, डा. मुकेश चालिसे तथा वरिष्ठ अधिवक्ता प्रा. डा. नृसिंह खत्रीलगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

‘दण्डपाणि-नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार’ बाट यसअघि सम्मानित विशिष्ट व्यक्तित्वहरूमा–
१. प्राज्ञ ज्ञानमणि नेपाल – २०६३
२. प्रा. दिनेशराज पन्त – २०६४
३. प्राज्ञ सत्यमोहन जोशी – २०६५
४. प्रा. डा. सुरेशराज शर्मा – २०६६
५. प्राज्ञ मदनमणि दीक्षित – २०६७
६. डा. मोदनाथ प्रश्रित – २०६८
७. प्रा. डा. सुरेन्द्र के.सी. – २०६९
८. श्रीमती पुण्यरश्मी खतिवडा – २०७०
९. प्रा. डा. तुलसीराम वैद्य – २०७१
१०. प्रा. डा. प्रेमकुमार खत्री – २०७२
११. डा. जगमान गुरुङ – २०७३
१२. सीताराम कट्टेल र कुञ्जना घिमिरे – २०७४
१३. डा. हरिप्रसाद पोखरेल – २०७५
१४. श्रीमती रमा शर्मा – २०७८
१५. प्राज्ञ विष्णु प्रभात – २०७९
१६. सीमाविद् बुद्धिनारायण श्रेष्ठ – २०८०
१७. मोहना अन्सारी – २०८१
१८. प्रा. डा. जयराज आचार्य – २०८२ हुनुहुन्छ ।

गोरखाको इतिहास, संस्कृति, ज्योतिष, शिक्षा तथा समाजसेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउनुभएका विशिष्ट विद्वान् व्यक्तित्व दण्डपाणि अज्र्यालको स्मृतिमा वि.सं. २०६२ सालमा परोपकारी सामाजिक संस्थाका रूपमा काठमाडौँमा दण्डपाणि अज्र्याल स्मृति केन्द्र स्थापना गरिएको हो। केन्द्रले स्थापनाकालदेखि नै राष्ट्रिय महत्त्वका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ । स्वर्गीय नन्दकुमारी अज्र्याल, स्वर्गीय दण्डपाणि अज्र्यालकी धर्मपत्नी हुनुहुन्थ्यो ।