• २०८३ कार्तिक २२, शनिबार

राम्रो लाग्यो !

धनराज गिरी

धनराज गिरी

“नयाँ साथी, लघुकथा राम्रो लाग्यो । हजुरको र कमलाकान्त शक्तिखोर पडरियाका रचनाहरू दमदार,कता हराउनुभएको थियो । आशा, सुमन कल्याणपुर, हेमलता, किशोर दा, रफीपूर्ण, रामाघोरी, सञ्झोटे कोहेनूर सबैले कुरेका हजुरलाई ! लेख्नुहोला, किताब निकाल्नुपर्छ । “सिड्नीबाट, रूदीलो अवतारीको मेसेज गयो होबार्ट तस्मानिया, “रत्नकृष्णनन्दन जबज जय नेपाल टङ्गाललाई । “नातिको लीला हेरिरहेका पितामह जिल्ल, यति छिटो भावकहरूको मनको सम्मान पाउने आशा थिएन।

“धन्यवाद हजुर, यो सबै साथीभाइहरूको “उकासोपिकासोको “देन हो । म त अभ्यासी मात्र मित्र । यो साहित्यको “गङ्गा जमुना सरस्वतीमा “हेलिनु कहाँ सजिलो छ र ? म त रवि र बालेनजस्तो पो, केही नगरी, पाठकको मनको सत्तामा, त्यो पनि १८२ जनाको ! “होबार्टवाले ।

“राम्रो लाग्यो,हजुरका हरेक लघुकथाको बुनोट पनि खास्सा, संदेशमूलक, अन्त्यव्यवस्थापन उत्तम ! हजुर चितवने, जापानी मित्र लक शिरोमणि अन्तर्नादलाई चिनिन्छ, शिवनन्दन रामानुज ? “ रूदीलो ।
“मेरो “लक गुरु, पण्डित, मज्जाले ! “जबज ।

“अनि एक जना, अराजक फेसबुके, ट्यागे, भौजाहा दाजु, तर मनले निर्मल विमल कञ्चन, म समय, भनेर लघुकथाको नाममा पौने लामो कथा लेख्ने दाजुलाई चिनिन्छ ? प्रोफेसर, बैकुण्ठनगर ! “रूदीलो । “हा हा हा…. उहाँको शैली, देउसीभैली, मेरो थर्ड ब्वाई, उहाँलाई नचिने त चितवनको नागरिता नक्कली हुन्छ, उहाँ सक्कली प्रोफेसर हरूको पनि प्राचार्य, प्रोफेसर “दीपेन्द्रराज बलरामकान्त कङ्गालनारायण श्रीधरलोहनीराज गोविन्दानुज सुमेधाश्री “होइन त ? “जबज ।

“हो त, उहाँको नाम अनेक, ४३ फूलहरू, विश्वलाई थाहा छ । अमोहवादी, अहिले, पहिले अलि मूर्खजस्तो लाग्ने, जसलाई पनि आफ्नू ठान्ने ! दाजु सोझा ! प्रेमालय, साहित्य पोस्ट, रूपालय चिकन रोस्ट, अनेक दोस्त, खास पीरमा कोही छैन । एक्लो शेर, धनारजू, अब्बल किशोर कुमार रफी, अति गफी, हाम्रो गफ थाहा पाए लघुकथा बन्छ । मणि, कोहेनूर, कुलदीपक, पक्का जीनियस क्या ! “सिड्नीको मन पग्लियो, रूदीलोको मह !

“पवित्र ब्रो, म जान्दछु, हाम्रो नाता आयामिक । हामी एक, सीताराम साझा विम्ब । मनराज पनि हो मेरो ब्रो । खुशी लाग्यो । नेपाल गएपछि भेट गर्ने, म राजधानी आउँने छु, प्रोफेसर ब्रोलाई लिएर । कोजाग्रतको साइत राम्रो, हामी पदमपुरेहरूको “आन-वान-शान, छन्नु काकाको पहिचान । मित्र, राम्रो लाग्यो । अहिलेलाई गजलको मक्ता लेख्ने कि ? “जबज । “राम्रो लाग्यो, हा हा हा, हाम्रो गफ त मतला हो, अब हेर्नुछ तासीर ! जय नेपाल मित्र ! “रूदीलो । वार्ता सकियो ।


धनराज गिरी