समाचार
काठमाडौँ ।
लघुकथाकार श्यामप्रसाद श्रेष्ठले पर्या लघुकथासङ्ग्रह ‘विलाप’ श्रोतामाझ ल्याउनुभएको छ । जलवायु परिवर्तनले गरेको असरबारे सन्देश दिन खोजिएको लघुकथालाई भाषा आयोगका सदस्य पुष्करराज भट्ट, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका सचिव अजयविक्रम मानन्धरलगायतले संयुक्त रूपमा विमोचन गर्नुभयो ।
लोकार्पण कार्यक्रममा समीक्षक प्राडा भरतकुमार भट्टराईले पर्या लघुकथा विद्यालयको अध्यापन पाठ्यपुस्तकका लागि उपयोगी भएको प्रतिक्रिया दिनुभयो । कृतिकारको नाटक पुस्तक, लघुकथा र कथासङ्ग्रह प्रकाशन भइसकेको छ ।
