• २०८३ कार्तिक २०, बिहीबार

‘ख्वपमा गजल’ कार्यक्रम सम्पन्न

काठमाडौँ ।

रोटरी क्लब अफ भक्तपुरले आयोजना गरेको पुस्तक प्रदर्शनीमा भक्तपुर साहित्यिक समाजको समन्वयमा ‘ख्वपमा गजल’ कार्यक्रम सम्पन्न भएको छ । कात्तिक १२ देखि १५ गतेसम्म भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीको दोस्रो दिन भएको कार्यक्रममा उपत्यकासहित काभ्रेबाट आएका २० जना गजलकारले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

अविरल वर्षाका बाबजुद साँखु, चाबहिल, बालाजु, ललितपुर, काभ्रे, चाँगुनारायण, सूर्यविनायक र भक्तपुरका साहित्यकार तथा श्रोताको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा ईश्वर थोकर, सूर्यलक्ष्मी भोमी, तुल्सीहरि प्रजापति, कुसुम घिमिरे, शिला सैंजु, श्याम माकजु, रामशरण न्यौपाने, चन्द्रलाल भोमी, डिल्लीप्रसाद मुलतिहुन, मानन्धर अभागी, विष्णु थापा ‘विछोड’, अर्चना छुकाँ, बुद्धिकुमार घो श्रेष्ठ, राजुराम मुनंकर्मी, वसन्त नकर्मी, पागल यात्री, सुधिर ख्ववि, समा श्री, रन्जिता थापा र काशिराम विरसले गजल वाचन गर्नुभएको थियो ।

भक्तपुर साहित्यिक समाजका सल्लाहकार काशिराम विरसको प्रस्तुतिमा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले पठन संस्कृतिको विकासका लागि पुस्तक प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । प्रदर्शनीअन्तर्गतका विविध कार्यक्रमले शिक्षा, साहित्य, कला र संस्कृतिको विकासमा योगदान पु¥याउने उहाँको भनाइ थियो । भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मीले रोटरी क्लबसँगको सहकार्यमा आयोजित गजल वाचनले पुस्तक प्रदर्शनीलाई थप साहित्यिक रौनक दिएको बताउँदै आयोजक तथा सहभागीप्रति आभार व्यक्त गर्नुभयो ।