• २०८३ कार्तिक १८, मंगलवार

“दण्डपाणि नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार-२०८३” प्रा. डा. वीणा पौड्याललाई

काठमाडौँ ।

गोरखाका नामित प्रतिभा दण्डपाणि र उहाँकी धर्मपत्नी नन्दकुमारी अज्र्यालको नाममा २०६३ सालमा स्थापित “दण्डपाणि नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार –२०८३” प्रा.डा. वीणा पौड्याललाई अर्पण गरिने भएको छ। मौलिक संस्कृति, धार्मिक परम्परा ,ऐतिहासिक सम्पदा र कलाको अध्ययनमा अनेकानेक अनुसन्धानमूलक पुस्तक–ग्रन्थका माध्यमले उहाँले पुरÞ्याउनु भएको योगदानको कदर गर्दै यो पुरस्कार अर्पण गर्न लागिएको हो। दण्डपाणि अज्र्याल स्मृतिकेन्द्र, काठमाडौले यही कार्तिक २४ गते काठमाडौमा प्रतिभा सम्मान समारोह आयोजना गरी ने. रू ५०,०००/– (पचास हजार) पुरस्कार राशिसहित सम्मान पत्र प्रदान गर्ने निर्णय २०८३ – ०७ –१३ गते सम्पन्न कार्यसमितिको बैठकले गरेको हो ।

देशको संस्कृति, कला, दर्शन ,इतिहास, भाषा साहित्य लगायत राष्ट्रिय महत्वको विषयमा योगदान पुरÞ्याउने राष्ट्रिय प्रतिभालाई केन्द्रले सम्मान गर्दै आएको छ। यस अघिका वर्षहरूमा दण्डपाणि– नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार प्राप्त गर्ने महानुभावहरूको नाम यस प्रकार रहेको छः

१) प्राज्ञ ज्ञानमणि नेपाल-२०६३
२) प्रा. दिनेशराज पन्त– २०६४
३) प्राज्ञ सत्य मोहन जोशी– २०६५
४) प्रा. डा. सुरेशराज शर्मा– २०६६
५) प्राज्ञ मदनमणि दीक्षित– २०६७
६) डा. मोदनाथ प्रश्रित– २०६८
७) प्रा. डा. सुरेन्द्र केसी– २०६९
८) श्रीमती पुण्यरश्मि खतिवडा– २०७०
९) प्रा. डा. तुलसीराम बैद्य– २०७१
१०) प्रा. डा. प्रेमकुमार खत्री– २०७२
११) डा.जगमान गुरूङ– २०७३
१२) सीताराम कट्टेल र कुञ्जना घिमिरे– २०७४
१३) डा. हरिप्रसाद पोखरेल– २०७५
१४) श्रीमती रमा शर्मा– २०७८
१५) प्राज्ञ विष्णु प्रभात– २०७९
१६) सिमाविद् बुध्दि नारायण श्रेष्ठ– २०८०
१७) मोहना अन्सारी– २०८१
१८ प्रा.डा. जयराज आचार्य –२०८२

स्मरण रहोस् गोरखाको इतिहास संस्कृति शिक्षा र समाज सेवाको क्षेत्रमा योगदान पुरÞ्याउने विशिष्ट विद्वान् व्यक्तित्व दण्डपाणि अज्र्यालको स्मृतिमा २०६२ सालमा परोपकारी सामाजिक संस्थाको रूपमा दण्डपाणि अज्र्याल स्मृतिकेन्द्र काठमाडौंमा स्थापना भएको थियो । स्व. नन्दकुमारी अज्र्याल स्व. अर्यालकी धर्मपत्नी हुनुहुन्थ्यो ।