सोमालियाको कविता
दाङ ।
राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा गजलकार एकनारायण चापागाईँको एकल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । परिषद्को नियमित एकल रचना वाचन कार्यक्रमअन्तर्गत ८६औँ शृङ्खलाका रूपमा आयोजित कार्यक्रममा चापागाईँले शास्त्रीय बहरमा आधारित गजल वाचन गर्नुभएको थियो ।
घोराहीस्थित नेपाल पत्रकार महासङ्घ दाङ शाखाको सभाहलमा आयोजित कार्यक्रममा चापागाईँले विभिन्न शास्त्रीय बहरमा रचिएका एक दर्जन गजल लयबद्ध रूपमा प्रस्तुत गर्नुभएको थियो । उहाँका गजलले उपस्थित श्रोता तथा दर्शकलाई मन्त्रमुग्ध बनाएको आयोजकले जनाएको छ । राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषा आयोगका पूर्वसदस्य डा. अमर गिरी प्रमुख अतिथि तथा पुरुषोत्तम खनाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । वाचित गजलमाथि हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ले समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटा, नेपाल संस्कृत विश्वविद्यालयका सांस्कृतिक विभाग प्रमुख डा. टीकाराम उदासी, परिषद्का वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थीलगायत साहित्यकार, लेखक तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो ।
त्यसैगरी परिषद्का केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, प्रदेश दाङका सचिव पुरन शर्मा, गणेश खड्का, पत्रकार गोविन्द खड्का, शारद गौतम, नरेशजङ्ग राणा, मधुसूदन गौतम, वीणा रोका क्षेत्री, कपिलकिशोर घिमिरे, धनासिंह गिरी, गिरिप्रसाद पन्थी, शरद गौतम, थमन बस्नेत, दामोदर गिरी, माधवप्रसाद न्यौपाने, वसन्ता वली ‘वसन्ती’, महेशकुमार न्यौपाने, सुरेशकुमार पाण्डे, कुलबहादुर ओली, धनसिंह गिरी, रामप्रसाद जैसी, दामोदर पौडेल, सुशीला आचार्य, एकराज शर्मा, गजेन्द्र बहकरी, देवेन्द्र रिजाल, गोपाल भुसाल, रेखा डाँगी, जनक बि.क., रिमा गौतम र अनुजा शर्मा ‘संस्कृति’लगायतको सहभागिता थियो । परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो ।
