समाचार
काठमाडौँँ
गत हप्ता मस्कोमा सम्पन्न अन्तर्राष्ट्रिय युरेसिया पुरस्कार अवार्ड समारोहमा नेपालका राम बिन्दु श्रेष्ठले ‘मित्रताको पुल’ विधामा तेस्रो पुरस्कार हासिल गर्नुभएको छ । पुरस्कारको अवार्ड समारोह सन् २०२६ अक्टोबर १५ मा मस्कोस्थित राष्ट्रिय केन्द्र ‘रुस’ को कन्सर्ट हलमा आयोजना गरिएको थियो ।
युरेसिया पुरस्कार अन्तर्राष्ट्रिय सहकार्यको विकास, परम्परागत मूल्यहरूको संरक्षण तथा युरेसियाली क्षेत्रमा सांस्कृतिक सम्बन्ध सुदृढ गर्न उल्लेखनीय योगदान पु र्याउने व्यक्तिहरूलाई प्रदान गरिन्छ । यो पुरस्कार ‘यूरेशिया’ संस्थाले रुसको रोसोट्रुडनिचेस्टभो (रुसी सहयोग) सँगको साझेदारीमा स्थापना गरेको हो ।
सन् २०२६ को यस प्रतियोगितामा ७३ देशबाट ५,५१२ वटा आवेदन प्राप्त भएका थिए । राम बिन्दु श्रेष्ठ रुस नृपाल सहकार्य तथा मैत्री समाजको साहित्य आयोगका उपाध्यक्ष, मित्र कुञ्जका उपाध्यक्ष तथा नेपाल–रुस साहित्य समाजका महासचिव हुनुहुन्छ । नेपाल र रुसका साहित्यिक समुदायलाई समन्वय गरेर देश र जनताहरु बीच अन्तर्राष्ट्रिय सहकार्य र संवाद प्रवद्र्धन गर्न पु र्याउनुभएको योगदानका लागि उहाँलाई यो सम्मान गरिएको हो ।
