• २०८३ आश्विन २६, सोमबार

जापानमा ‘समकालीन काव्ययात्रा’ तथा सम्मान कार्यक्रम सम्पन्न

टोकियो ।

समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजना तथा अनेसास जापानको सहयोगमा टोकियोमा ‘समकालीन काव्ययात्रा’ तथा ‘समकालीन काव्ययात्रा सम्मान–२०२६’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जापानमा रहेर नेपाली भाषा तथा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली, तिलक मल्ल, म्यामराज राई र सविना रेग्मीलाई ‘समकालीन काव्ययात्रा सम्मान–२०२६’ प्रदान गरिएको थियो ।

कार्यक्रममा टोकियोमा रहेका कवि तथा साहित्यकारहरूले कविता, हाइकु र गजल वाचन गरेका थिए। कविता तथा सिर्जना प्रस्तुत गर्नेहरूमा ग्रिष्मा पौडेल, प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली, म्यामराज राई, मनोज मौसम केसी, दीप पाठक, रविन शर्मा, कुमार बस्नेत, सविना रेग्मी, दीपा घिमिरे, विष्णु घिमिरे र सोम खनाल रहेका थिए ।

कार्यक्रममा तिलक मल्ल, शरदकुमार गौचन तथा समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईंलगायतले मन्तव्य राख्दै प्रवासमा नेपाली भाषा–साहित्यको संरक्षण, प्रवद्र्धन र सिर्जनात्मक यात्रालाई निरन्तरता दिन यस्ता कार्यक्रमको महत्त्व रहेको बताए ।