• २०८३ आश्विन १५, बिहीबार

‘यमन ग्लोबल म्युजिक अवार्ड – २०८३’ काठमाडौँमा सम्पन्न

काठमाडौँ ।

भर्खरै ‘यमन ग्लोबल म्युजिक अवार्ड – २०८३’ को पहिलो संस्करण सम्पन्न भएको छ । गीतसंगीत, चलचित्र, कला, साहित्य तथा पत्रकारिता क्षेत्रका स्रष्टा, कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा अवार्ड अर्पिंदै ‘यमन ग्लोबल म्युजिक अवार्ड – २०८३’ को पहिलो संस्करण सम्पन्न भएको हो । यमन इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको कार्यक्रम सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्य तथा सुश्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुश्मा गुरुङको विशेष आतिथ्यमा कार्यक्रम भएको हो । काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमा हलमा आयोजित समारोहमा विभिन्न विधाका स्रष्टा तथा कलाकारलाई सम्मान र पुरस्कार अर्पिएको थियो ।

समारोहमा वरिष्ठ गायिका तारा थापालाई ‘दीर्घसाधना सम्मान’ अर्पिएको थियो। लामो समयदेखि नेपाली गीत–संगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै थापालाई उक्त सम्मान प्रदान गरिएको कार्यक्रम संयोजक तारावीर पाण्डेले बताए । यस्तै महाकाव्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’ अर्पिएको थियो । कार्यक्रममा वरिष्ठ गीतकार अम्बिका गुरुङ, गायिका मिलन नेवार, राजनराज सिवाकोटी, फुर्बा खाण्डु गुरुङ, प्रेमचन्द्र गुरुङ, रिकि लेप्चा, सविना भण्डारी, खिमानन्द आचार्य, शीतल कात्मविनी, शिव पराजुली, सुशील नेपाल, तुलसी बास्कोटा, शर्मिला गौतम र सोमराज तामाङ लगायतलाई विशेष सम्मान अर्पिएको थियो । पत्रकारिता क्षेत्रतर्फ स्वतिका पन्थीलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।समारोहमा गीतसंगीत, चलचित्र, कला तथा साहित्य लगायत विभिन्न विधामा योगदान पु¥याउने स्रष्टा र कलाकारलाई अवार्ड तथा सम्मान अर्पिएको थियो ।

आयोजकका अनुसार यस वर्षको अवार्डमा स्थापित कलाकारसँगै विभिन्न विधामा योगदान पु¥याइरहेका नयाँ पुस्ताका कलाकारलाई समेत समेटिएको थियो । अवार्ड समारोहकै अवसर पारेर सिक्किमका गायक छविन गुरुङको ‘आमा’ गीत पनि सार्वजनिक गरिएको थियो। गीतमा छविन गुरुङकै शब्द तथा संगीत छ । तारावीर पाण्डेको निर्देशनमा तयार भएको गीतको भिडियोमा छविन गुरुङसँगै कविता आले, पवित्रा आचार्य, प्रेमचन्द्र गुरुङ लगायतले अभिनय गरेका छन् । बालकलाकारतर्फ एलेक्स खड्का र संयम कटवालले अभिनय गरेका छन्। ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोको दृश्य सम्पादन तथा कलर राकेश दाहालले गरेका हुन् । गीत ‘आमा’ मार्फत पारिवारिक सम्बन्ध र आमाप्रतिको भावना प्रस्तुत गर्न खोजिएको छ ।

अवार्ड समारोहमा नेपाली संगीत तथा मनोरञ्जन क्षेत्रका चर्चित कलाकार, सर्जक, निर्देशक तथा प्राविधिकलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। समारोहमा पल शाह, प्रकाश सपुत, अर्जुन पोख्रेल, शिव परियार, डिपी खनाल, हरि सायमी, शंकर थापा ‘स्माइल’, छविन गुरुङ, प्रताप दास, बबिना भट्टराई, सारिका घिमिरे, सरोज पोख्रेल, रोकश दाहाल, सिमरन परियार, ईश्वरी बराल, नकुल कार्की, शुक्र आम्बुराङ राई, सुन्दर हाङ राई, रश्मि पाण्डे, नरहरि प्रेमी, निशा देशार, रचना रिमाल, षडष सम्बाहाम्फे, शेरु बराइली, बुद्धिमान बराइली, विनोद दनुवार, सुशील भट्टराई, मञ्जु लावती, शक्ति थामी, राजु हाङदम्बे, प्रकाश खरेल लगायतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी संगीता भण्डारी, सुनिता बुर्लाकोटी लुइँटेल, अनिश योञ्जन, सञ्जीव वाइवा, विजय दोङ, मुकेश गुरुङ, पासाङ शेर्पा, ज्ञानेन्द्र शर्मा हुमागाईं, सुनिल राउत, निर्देशक अर्जुन पोख्रेल, निशान एसके, विनोद बम, सुशील डागी, शिला गजुरेल, पवित्रा आचार्य, बबिना किराती, प्रशान्त सिवाकोटी, डम्बर नेपाली, जुरी ठाकुर र सोम मङराती लगायतलाई पनि अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।यस्तै सञ्चारकर्मी सन्दीप पौड्याललाई पत्रकारिता अवार्ड प्रदान गरिएको थियो ।

‘यमन ग्लोबल म्युजिक अवार्ड’ मा आयोजकले संगीतका पर्दापछाडिका महत्त्वपूर्ण स्रष्टा तथा प्राविधिक समेत समेटेको छ । पहिलोपटक बाध्यवादकलाई समेत अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । तालवादनतर्फ भुवन गन्धर्व र बाँसुरीवादनतर्फ रत्न विकलाई अवार्ड प्रदान गरिएको थियो। संगीत सिर्जनामा गायकगायिकासँगै विभिन्न वाद्यवादकको योगदान महत्त्वपूर्ण हुने भएकाले उनीहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने प्रयास गरिएको आयोजकको भनाइ छ। कार्यक्रमको मुख्य प्रायोजक सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालि र सहप्रायोजक मन्टेश्वरी एसोसिएसन नेपाल रहेको थियो ।

अवार्डका संयोजक तारावीर पाण्डेले गीतसंगीत क्षेत्रका स्रष्टा तथा सर्जकको योगदानलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको बताए। उनले नेपाली संगीत तथा मनोरञ्जन क्षेत्रको विकासमा योगदान पु¥याइरहेका विभिन्न पुस्ताका कलाकार तथा सर्जकलाई एउटै मञ्चमा ल्याउने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको बताए। संगीत सिर्जनाका साथै वाद्यवादन, चलचित्र, कला, साहित्य र पत्रकारिता क्षेत्रलाई समेत समेटेर अवार्डलाई फराकिलो बनाइएको उनको भनाइ थियो ।

अवार्डका अध्यक्ष पारिजात बरालले आगामी दिनमा कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताए। उनका अनुसार आगामी संस्करणमा विभिन्न विधा र क्षेत्र थप व्यवस्थित रूपमा समेट्दै नेपाली कला तथा संगीत क्षेत्रका स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यलाई निरन्तरता दिइनेछ। यसलाई अन्तर्राष्ट्रियस्तरमा लगिने उनको भनाइ थियो ।