समाचार
काठमाडौँ ।
नेपाल–जापान लेखक सङ्घले यस वर्षको नेपाल–जापान साहित्य सम्मान डा. दुबसु क्षेत्री र डा. युकी इतोलाई प्रदान गर्ने निर्णय गरेको छ । सङ्घको यही भदौ १६ गते बसेको विशेष बैठकले नेपाल र जापानबीचको साहित्यिक, शैक्षिक, भाषिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ तथा प्रगाढ बनाउन विशिष्ट योगदान पु¥याएबापत डा. क्षेत्रीलाई वि. सं २०८३ (सन् २०२६) को नेपाल–जापान साहित्य सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, जापानमा नेपाली भाषा, साहित्य, शिक्षा र संस्कृतिको विकास तथा विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याएबापत डा. इतोलाई पनि विसं २०८३ (सन् २०२६) को नेपाल–जापान साहित्य सम्मान प्रदान गर्ने निर्णय गरिएको सङ्घले जनाएको छ । दुवै सम्मान आगामी मङ्सिरमा काठमाडौँमा विशेष समारोह आयोजना गरी प्रदान गरिनेछ । पुरस्कारका साथ जनही रु एक लाख र सम्मानपत्र प्रदान गरिने सङ्घका महासचिव बद्रीप्रसाद ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
