समाचार
म समय, मेरो प्रोफेसर, महानास्तिक, सैद्धान्तिक, व्यवहारमा भने रुद्राक्षमालाधारी, उपकारी, आज श्रीकृष्णको जन्म दिन, मेरो प्रोत्साहनका कृष्णहरू,” कृष्ण अधिकारी, कृष्णप्रसाद अधिकारी ? पेरिस, कृष्ण रमाकान्त सापकोटा, कृष्ण रिजाल, आफ्नै सेकेन्ड ब्वाइ रसियन ससुराली, कृष्ण रेग्मी दीक्षा दोस्रो वसन्त, कृष्ण रिजाल गोपालनन्दन, अनेक रूप, आफैं पनि त देवकीनन्दन, आठौं अवतार,अझ राम पनि कृष्ण पनि,मेरो प्रोफेसर” रामतिलराज धनराजेश्वर आशुतोष महादेव औतारी उत्तमानुज परमानन्द बलरामपुरे” मध्यरात, पुग्यो जिरौनाको मन्दिरमा, चकमन्न, सबै मस्त निद्रामा, ऊ गयो मन्दिर भित्र, विचित्र, द्वारहरू आफैं खुले, प्रेम खोले सब द्वार, म समय, चमत्कार, साक्षी म, कथारम्भ :
“ॐ नमो भगवते वासुदेवाय:, ४३००० पटक जप्यो, भजन गायो, कृष्णलाई पुक्यार्यो, बोल्यो, “हे केशव, कुन केशव, रेग्मी कि भट्टराई ? कि पाण्डे ? हे माधव, कुन माधव ? कुमार नेपाल कि प्रसाद पोखरेल ? कि अधिकारी ? हे देवकीनन्दन, के तिमी छौ ? छौ ? कहाँ छौ ? भए के हेरेर बसेका छौ ? राशलीला ? कि ३२२१६ गोपिनी लिएर गयौ भिक्टोरिया, उत्तर आधुनिक हनिमून मनाउन, ? बोल कृष्ण, बोल ! होइन भने, आहुति, सतिसाल कृष्ण, प्रेम रिमाल, बलराम तिमिल्सिना, अरू भौतिकवादीहरू बोलाएर त्यो त्यो गर्छु, जुन जुन गर्नाले तिम्रो द्वारिकामा पनि भाद्र दश आउने छ ! बोल कृष्ण, तिमी छौ कि वेदव्यासको कल्पना मात्र हो ? म कसैको आस्थामा चोट पुर्याउन चाहन्न ! तर आर्जवहरू यसरी कति बर्षसम्म उल्लू बेवकूफ हुने ? ओशोलाई बोलाउने ? बोल कृष्ण, ए पत्थर, भोटेकोशी रोक्ने ताकत थिएन ? गीतामा त्यत्रो फुर्ति लगायौ, सबै म, नारायण ! त्रिभुवनस्वामी ! सारा मिथक, मिथ्या ? मेरो लघुकथा जस्तै ? बोल !!!” प्रोफेसर, सुदेश सत्याल कविले कविता वाचन गरेको शैलीमा अभिव्यक्त भयो, मनोज भण्डारी सम्झिएर ।
चमत्कार, बिजुली चम्कियो, चट्याङ, डरलाग्दो, आकाशवाणी भयो, महाभारत सिरियलमा जस्तै, “हे औतारी, हे शीतल चौतारी, हे मान्छे, हे गजलकार, म अस्तित्व, म प्रकृति, म ईश्वर अर्याल न कँडेल, म बोल्दैछु, सुन, गीता राम्रोसित बुझ्नू, सक्कली साम्यवाद त्यहीँ छ, कर्मयोग साम्यवादकै अङ्ग होइन र ? सही भन्यौ हे घनटाउके, कुनै देवताको अस्तित्व छैन । कुनै धाम छैन । सबै अब्यास्ट्र्याक चिन्तन प्याज, चार्वाक सत्य, बुद्ध सत्य, भौतिकवाद सत्य, स्वैरकल्पना थियो वेदव्यासको ! मेरो अस्तित्व छैन, म छैन, न बैकुण्ठ, न कैलाश, न इन्द्रलोक, न यो न त्यो, सबै कल्पना, कृष्ण त कालो, हो अन्धकार छ, घनश्याम, अति तम, मान्छेभित्रको चेतना मर्यो, विवेकको हत्या भयो, न थिएँ, न छु, न हुने छु, हे नेपाली वीर, धीर, कबीर, तिमी सत्य हौ, तथ्य हौ, तर जोगिनू ! कथा नलेख ! फेसबुकमा नलेख । बरु भजन गाऊ, आफूलाई जोगाऊ ! तिमी सक्कली मानवताका पुजारी ! मन धीर भए मन्दिर जानुपर्दैन ! होम शान्ति भए, ॐ शान्ति चाहिन्न ! तिम्रो जीवनदर्शन सही छ । जाऊ, घर फर्क ! म छैन, हो, म छैन । प्रेम रिमाल १००% सही ! जाऊ तिम्रो शेर खानसित कुमरोज सामुदायिक वनतिर ! जाऊ, गजल सुनाऊ, पर्या जोगाऊ ! हिन्दी गीत गाऊ ! “फर्कियो प्रोफेसर घर ।
म समय, अब लाग्छु डेजीतिर !
धनराज गिरी