समाचार
काठमाडौँ ।
गायक डिल्ली पौडेल, गायिका रिना केसी र गंगा पौडेलको नयाँ गीत ‘अँधेरी रातैमा’ सार्वजनिक भएको छ । टुकु शर्माको प्रस्तुति रहेको उक्त गीत रिना केसी युट्युब च्यानलबाट बजारमा आएको गायक पौडेलले जनाए । यस गीतमा डिल्ली पौडेल, रिना केसी र गंगा पौडेलको स्वर छ । २०५९ सालमा ‘पिपलुको पात’ एल्बमबाट सांगीतिक यात्रा प्रारम्भ गरेका पौडेलले त्यसयता निरन्तर नेपाली गीत–सङ्गीतमा सक्रियता जनाउँदै आएका छन् ।
बागलुङको जैमिनीमा बस्ने उनी शिक्षण पेशा पनि गर्छन् । पौडेलले ‘छ छैन मायाले बाटो चिनेको’, ‘सेरा बजार मायाले’, ‘बोडी र तरुल’, ‘केतुकी’, ‘हेरिनौ फर्केर’ लगायत गीतमा स्वर दिइसकेका छन् । नयाँ गीत ‘अँधेरी रातैमा’ को शब्द रचना रिना केसीले गरेकी हुन् । यसमा सङ्गीत तथा लय डिल्ली पौडेलको छ। गीतको सङ्गीत संयोजन दिवस थापा मगरले गरेका हुन् ।
