• २०८३ भाद्र ४, बिहीबार

हेटौँडामा ‘डुल्दाको स्वाद’ नियात्रासङ्ग्रह विमोचन

हेटौँडा ।

झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा नियात्राकार रमेशमोहन अधिकारीको नियात्रासङ्ग्रह ‘डुल्दाको स्वाद’ हेटौँडामा विमोचन गरिएको छ । अधिकारीको उक्त कृतिमा नेपाल र भारतका विभिन्न स्थानमा गरिएका यात्रामा आधारित २२ वटा नियात्रा समेटिएका छन् । विमोचन कार्यक्रममा साहित्यकार चिरञ्जीवी लामिछानेले कृतिको समीक्षा गरेका थिए।

कार्यक्रममा आर.सी. रिजाल, डा. निमेष निखिल, रामचन्द्र फुर्सती, बद्री पाठक, हयग्रीव आचार्य, शान्ति प्रियवन्दना, रजनी पौडेल, सम्प्रस पौडेल र नवीन दर्लामीलगायतले रचना वाचन तथा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकार डा. अर्पण पराजुली, डा. विश्वनाथ सन्जेल, सुवास खनाल, दीपक गौतम, प्रकाश कोइराला, राजकुमार लामिछाने, नीरा शर्मा, मसान उपासक र अनु रोक्कालगायतको उपस्थिति थियो ।

संस्थाका सचिव नीलहरि ढुङ्गेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कृष्ण घतानीले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा जगदीश शर्माले प्रमुख आतिथ्यता गरेका थिए भने झरना साहित्यिक परिवारकी अध्यक्ष गायत्री रुपाखेतीले सभाध्यक्षता गरेकी थिइन् । साहित्य सङ्गम तथा सिस्नुपानी नेपालको संयुक्त भवनमा सम्पन्न कार्यक्रममा साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।