• २०८३ भाद्र १, सोमबार

मञ्जु लावतीको ‘हितैको माया’ सार्वजनिक

काठमाडौं ।

मञ्जु लावतीको स्वरमा रहेको गीत ‘हितैको माया’ सार्वजनिक भएको छ । कुमार सानु पुनको शब्द, संगीत र एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । तारावीर पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा पवित्रा आचार्य, प्रकाशजंग कार्की र सुन्दरहंग राईलाई फिचरिङ गरिएको छ । सुनिल राउतको छायांकन रहेको गीतको भिडियोको दृश्य सम्पादन सुशील डागीले गर्नुभएको छ ।

घास काट्दै’, ‘बेसी बनमा’, ‘धरान बजारमा’ ‘सोल्टिनी ज्यू’, ‘टिस्टुङ पालुङटार’ जस्ता थप्रै गीतमार्फत श्रोता÷दर्शकको मन मष्तिस्कमा आफ्नो छुट्टै स्थान राख्न सफल हुनुहुन्छ गायिका मञ्जु लावती । ०५८ मा ‘बह’ एल्बम सार्वजनिक गरेर गीतसंगीतको क्षेत्रमा औपचारिक रूपमा होमिनुभएको उहाँका दुई सयभन्दा बढी गीत सार्वजनिक भएका छन् । पछिल्लो सार्वजनिक गीतले पनि आफ्ना अघिल्ला गीत जस्तै स्रोता÷दर्शकको माया पाउनेमा उहाँ आशावादी हुनुहुन्छ ।