कविता
काठमाडौं ।
नेपाल कानुन व्यवसायी परिषद्को ३४औँ स्थापना दिवसका अवसरमा कानुन तथा न्याय क्षेत्रमा प्रकाशित पुस्तकमध्ये अधिवक्ताद्वय उद्धवप्रसाद अधिकारी र रामबाबु नेपालद्वारा लिखित ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत भएको छ । बुधबार काठमाडौंमा आयोजित समारोहमा नेपाल कानुन व्यवसायी परिषद्ले रिनोवेसन नेपालद्वारा प्रकाशित उक्त पुस्तकलाई उत्कृष्ट पुस्तकका रूपमा सम्मान गरेको हो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पुस्तकका लेखक अधिकारी र नेपाललाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरे । स्थानीय तहमा न्यायिक समितिको कार्यसम्पादन, विवाद समाधान तथा मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन पुस्तक तयार गरिएको जनाइएको छ। पुस्तकलाई न्यायिक समितिको काम, प्रक्रिया र अभ्यासबारे जानकारी लिन चाहने जनप्रतिनिधि, कानुन व्यवसायी तथा सरोकारवालाका लागि उपयोगी व्यवहारिक कानुनी सन्दर्भग्रन्थका रूपमा प्रस्तुत गरिएको छ । नेपाल कानुन व्यवसायी परिषद्को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा कानुन तथा न्याय क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
