कविता
जनकपुरधाम ।
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ । सोमबार राति अकस्मात स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याइएका उनको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
डा. विमलको मङ्गलबार दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । उनी मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभका जेठा दाजु हुन् ।
