समाचार
साहित्यिक संस्था अन्तर–विधाको छैटौँ बसाइमा लेखक तथा पत्रकार हिक्मत डंगोलको उपन्यास ‘बदलिएको आकाश’ विमोचन गरिएको छ। कार्यक्रममा साहित्यकार अञ्जु मैनाली, वरिष्ठ पत्रकार कपिल काफ्ले र साहित्यकार ओमशंकर श्रेष्ठले उपन्यासको विषयवस्तु, प्रवासी नेपालीको जीवन, सामाजिक यथार्थ तथा लेखकको दृष्टिकोणबारे समीक्षा प्रस्तुत गरेका थिए ।
अन्तरक्रियामा सहभागीहरूले उपन्यासका विभिन्न पक्षबारे जिज्ञासा राखेका थिए। लेखक डंगोलले आफ्ना केही अनुभवसँगै अन्य पात्रहरूको जीवनलाई पनि उपन्यासमा समेटिएको बताउँदै मूलतः दुःखान्त कथालाई पाठकको संवेदनशीलतालाई ध्यानमा राखी सुखान्त बनाइएको र डायस्पोराका नेपालीको जीवनलाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरिएको बताए। कार्यक्रममा तीन सर्जकलाई अभिनन्दनसमेत गरिएको थियो ।
डा. निरौलाले साहित्य र संगीत एकअर्काका परिपूरक विधा भएको उल्लेख गर्दै महाकाव्यका गहिरा भाव, दर्शन र जीवनदृष्टिलाई गीतमार्फत जनमानससम्म पु¥याउने प्रयासको उच्च प्रशंसा गरे । सभापति भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलतालाई नयाँ आयाम प्रदान गरिरहेको उल्लेख गरे ।
