• २०८३ श्रावण १७, आईतवार

डा. दीनबन्धु शर्मा विशेष–अंक ‘अग्निचक्र’ १७७ अङ्क प्रकाशित

काठमाडौँ ।

‘अग्निचक्र’ राष्ट्रिय मासिकले अग्निचक्र डा.दीनबन्धु शर्मा विशेषाङ्कको परिचर्चा गरेको छ । राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अग्निचक्र १७७ अङ्कमा प्रकाशित डा. दीनबन्धु शर्मा विशेष–अंकबारे अग्निचक्रको परिचर्चा कार्यक्रम वरिष्ठ साहित्यकार एवम् पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ को सभा अध्यक्षतामा भएको हो ।

अग्रज साहित्यकार भागीरथी श्रेष्ठको प्रमुख आतिथ्यमा डा. दीनबन्धु शर्मा विशेष–अंकमा लेख लेख्ने सबै लेखकले शुभकामना आदानप्रदान गरेर डा. शर्मालाई ६४ औं जन्मदिनको शुभकामना समेत दिएका थिए।स्रष्टा शर्मा विशेषतः आख्यान क्षेत्रमा निकै कहलिएका स्रष्टा हुन् ।