समाचार
काठमाडौं ।
युरो आईबी वल्र्ड स्कुल, टोखा–८, गोङ्गबुँ, बानियाँटार, काठमाडौंमा संसाक मासिकको १४ औँ वार्षिकोत्सव तथा स्रष्टा सम्मान सम्पन्न भएको छ । संसाककी उपसम्पादक भवानी मैया पन्तको सभापतित्व र बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिमा डा.सत्यराज थपलिया, डा.शैलेन्दुप्रकाश नेपाल र डा.दामोदर पुडासैनी किशोर रहनुभएको थियो । पत्रिकाकी उपसँपादक तारा के सीले शुभकामना व्यक्त गर्नुभएको सो कार्यक्रमको प्रधानसँपादक उमेश पाण्डेले सँयोजन गर्नुभएको थियो ।
विद्यालयका सहायक प्राध्यापक राममणी न्यौपानेले उपस्थितलाई स्वागत गर्नुभएको थियो विशेष अतिथिहरूमा केदारनाथ पाठक, प्रेम राई परीक्षित, डा.अनुपमा रेग्मी, सबिना सिन्धु, नर बहादुर बी सी ,घनबहादुर थापा, रेणु अधिकारी मौनता ,पार्वती पुडासैनी, राजेन्द्र घिमिरे सागर, जे पी नेपाल, देवराज सिँखडा, दीपक बानियाँ, गँगा खड्का, कल्पना अधिकारी भट्टराई, ध्रुबराज थापा पुरूष ,चन्द्रा न्यौपाने, सुशीला अधिकारी ढकाल, राधा राजवँशी, उमा थपलिया, बिष्णु थपलिया, नवराज भेटवाल, विमला रिमाल आदि हुनुहुन्थ्यो । सो अवसरमा स्रष्टाहरू ललिता दोषी, कालिका त्रिपाठी पन्त र अन्जना गिरीलाई पुरस्कार र सम्मान अर्पण गरिएको थियो
